
वीरगञ्ज २४ भदौ । वीरगञ्ज महानगरपालिका वडा नम्बर २४ बहुवरी सुगौलि, श्री शारदा मा.वी.को प्राङ्गणमा सरस्वती मन्दिरको आज सिलानयास समारोह कार्यक्रम सम्पन्न भएको छ ।
स्कुलको व्यवस्थापन समितीको निर्णनय अनुसार विद्यालयको प्राङ्गणमा सरस्वती मन्दिरको निमार्णको लागी आज स्थानिय समजसेवी जनप्रतिनिधी तथा स्थानियको विषेश उस्थितीमा समजसेवी ,रानितीकर्मि तथा अधिवक्ता सुरेन्द्र कुर्मिले पुजापाठ गरी मन्दिरको सिलान्यास गरेका थिए । समितीको अनुसार माघ श्रीपंचमी सम्म मन्दिर निमार्णकार्य सम्पन्न हुने बताईको छ ।
स्कुल स्थापना कालदेखीनै सरस्वती मन्दिर विहीन रहेको श्री शारदा मा.वी.को प्राङ्गणमा कुर्मिले आफनो निजि स्रोत साधनबाट निमार्ण गर्ने भएका छन ।
शिलान्यस कार्यक्रमको व्यवस्थापन समितीको अध्यक्ष अजय कुमार दुवेदीको अध्यक्ष्तामा समितीका सदस्य उमाशंकर कुर्मि, प्रेमचन्द्र दुवे, मोतिका खातुन, धु्रव प्रसाद कुर्मि, प्रधानाध्यापक रामनारायण मिश्रा, वाड अध्यक्ष व्रह्मदेव कुर्मि, वडा नं २४ का वडा अध्यक्ष दसरथ कुर्मि, अनेरा स्वीयु (क्रन्तिकारी) जिल्ला संयोजक कविराज पटेल, रामानन्द कुर्मि, समाज सेवी सुरेन्द्र यादव, गोपीचन यादव, गौरीशंकर दुवे, हरीशंकर दुवे लगायतको उपस्थिी रहेको थियो ।
उक्त समारोहमा समजसेवी ,रानितीकर्मि तथा अधिवक्ता सुरेन्द्र कुर्मिले केही सप्ताह नसकिदै आफनो निजी लगानिमा गोकुलेश्वर महादेवको मन्दिरको स्थापना संगै आज श्री शारदा मा.वी.को प्राङ्गणमा सरस्वती मन्दिरको शिलान्यास गरी दोस्रो मन्दिरको निमार्णकार्य अतिनै सराहनिय रहेको भन्दै सहभागीहरुले प्रशन्सा गरेका थिए ।




