बिरगंज स्थित रानी पोखरीको सामुदायिक आईसोलेशनबाट आज २० जना कोरोनालाई पराजित गरि घर फर्के ।

बिरगंज , भदौ १० गते बुधबार ।

बिरगंज स्थित रानीपोखरिको सामुदायिक आईसोलेसनबाट बुधबार २० जना नेगेटिभ भैइ सकुशल घर फर्केका छन ।

जिल्ला प्रशासन कार्यालय पर्साको आग्रहमा साउन २३ गते शुक्रबारको दिनबाट सरकारले ल्याएको कोविड पोजिटिभको लागि सामुदायिक आइसोलेसन सेन्टरको अवधारणा अन्तर्गत होटेल व्यवसायी संघ पर्साका अध्यक्ष हरि पन्तको नेतुत्वमा रानि पोखरी होटेलको ५० सैयाको आइसोलेसन ब्यवस्थापन गरि कोरोन सन्क्रमितलाइ सोहि दिनबाट आइसोलेट गरिएकोमा भदौ ५ गते शुक्रबार १४ दिन पार गर्दै गर्दा ५० मध्य २० जना nigative भइ सकुशल घर फर्केका थिए ।

त्यसै गरि आज भदौ १० गते ७७ जना मध्य २० जना र भदौ ५ गते २० जना गरि अहिलेसम्म ४० जना नेगेटिभ भैइ सकुशल घर फर्केको सहकर्मी टिम कार्यकर्ता दिलिप राज कार्कीले  प्रहार डेलीलाई जानकारी दिनु भयो ।

कार्यक्रम संयोजक हरि पन्त,मेडिकल संयोजक डा.अक्षय दुवेदि,भोजन ब्यवस्थापक कुमार श्रेष्ठ, हिरा श्रेष्ठ लगायत कोरिना हेल्प डेस्क पर्सा , प्रहरि प्रशासन,स्वास्थ्य प्रशासन,नेपाली सेना लगायत सक्रिय सम्पुर्ण सहयोगि टिमको साथ रहेको र कोरोनालाई परास्त गर्न सफल भएको कार्यक्रम संयोजक हरि पन्तले बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close