
राजन कुमार बानिया
पाेखरीया, १७ भदाै
विश्वव्यापी रूपमा फैलिएका काेराेनाभाइरस महामारीका दाैरानमा रक्तकाे अभाव नहाेस् भन्दै पर्साकाे पाेखरीयामा रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । पाेखरीया नगरपालिका वडा नं १ मा बनकट्वा युवा उत्थान समितीले आयाेजना गरेकाे रक्तदान कार्यक्रममा १ महिला सहित ३५ जनाले रक्तदान गरे ।
महामारीका कारण भएकाे लकडाउन तथा निषेधाज्ञाका बिच रक्तदान कार्यक्रमकाे आयाेजना नहुँदा रक्तसञ्चार केन्द्रमा रक्तकाे अभाव भइरहेकाे थियाे ।
कार्यत्रममा प्रदेश २ क्षेत्र नम्बर ३ ख को प्रदेश सांसद प्रहलाद गिरी , प्रदेश २ क्षेत्र नम्बर ३ क को प्रदेश सांसद अबदुल रहिम अँसारी उर्फ मन्जुर आलम ,पोखरिया नगरपालीका कि उप मेयर सलमा खातुन ,सँबिधान सभा सदस्य प्रदुमन प्रसाद चौहान ,संविधान सभा सदस्य रामेश्वर प्रसाद रौनियार ,पुर्व एस पी सदान्नद प्रसाद कुर्मी, भरत गिरी नेपाल रेडक्रश सोसाईटी पर्सा शाखा कार्यालय पोखरीयाका सभापती भगवान प्रसाद कुर्मी लगायतकाहरूकाे उपस्थिती रहेकाे थियाे ।




