
बारा,प्रसौनी , भाद्र १२ गते शुक्रबार ।
कोरोना सङ्क्रमण सँगै रगतको अभाव भएपछि न्यू सूर्या युवा क्लबको आयोजनामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको थियो ।
बाराको प्रसौनी गाउँपालिका वडा नं.–४ खुट्वा जब्दीको बथानी चौकमा शुक्रवार ३ महिला सहित ५७ जनाले रक्तदान गरेका थिए ।
रक्तदान गर्नु हुनेमा सरिता कुमारि , सोनु खातुन , रमावती देबि , समिम अंसारी, हसमुदिन अंसारी, असरफ अंसारी, मोमिन हवारी, नरेश महतो, युनिस अंसारी, अरबिन्द साह कानु लगायतकाले रक्तदान गरेका थिए ।
वीरगंज नेशनल मेडिकल काँलेजका प्राविधिक अमित कुमार पटेलको नेतृत्वमा बब्लु महतो, निशा गुप्ता, बिदेश कुमार चौधरी रहेका थिए।
सनोज कुमार मंडलको सभापतित्वमा र प्रमुख अतिथि राष्ट्रिय युवा संघ केन्दि«य कमिटि सदस्य ईन्जि. मोमिन आलमको प्रमुख आतिथ्य भएको सो कार्यक्रममा नेकपा जिल्ला कमिटि सदस्य भगवती न्यौैपाने ,पत्रकार प्रवेज चौधरी, प्रसौनी गा.पा. वाड नं.–१ का वडा अध्यक्ष लालबाबु मुखिया, बिनोद पटेल, नाजिद हुसेन, याकुब अंसारी , ताराचन्द साह, बलिराम मंडल, नरेन्द्र ठाकुर, सरोज साह, नितेश मल्ल, सौरभ गुप्ता तथा स्थानिय राजनितीकर्मी, समाजसेवीहरुको सहभागीता रहेको थियो ।कार्यक्रमको सहजीकरण मिरा मण्डलले गर्नु भएको थियो ।




