
वीरगञ्ज , भदौ ३० गते मंगलवार ।
आर्थिक अभावका कारण बिष सेवन गरि मृत्यु भएको परिवारको बिचल्ली भएपछी मृतकका परिवारलाई सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र मुर्ली श्रीपुरले सहयोग गरेका थिए ।
वीरगञ्ज–३१ बेल्वा टोलका मुसहर परिवारलाई सामुदायिक सेवा केन्द्र मुर्लीका सचिब दिलिप प्रधानको नेतुत्वमा गएको टोलिले मुसहर परिवारको घरमै पुगि मंगलवार दिउसो खाद्यान्न सामाग्री सहयोग गरेका
थिए ।
सामुदायिक सेवा केन्द्र मुर्लीका सचिब दिलिप प्रधान , सन्जिव थापा , गणेश थापाले मुसहर परिवारलाई तीन बोरा चामल, खाने तेल, दाल, नुन प्याकेट, हर्लिक्स , बिस्कुट , चाउचाउ र कपडा लगायतका सामान प्रदान गरेका हुन् ।
परिवारमा चरम आर्थिक समस्या भएपछि बेल्वा टोलका ३० वर्षका युवक सतन माझीले भदौ २५ गते बिहीबार दिउसो विष सेवन गरेका थिए र उपचारको क्रममा शुक्रबार ईन्डो अस्पताल प्रा.लि.मा मृत्यु भएको थियो ।अस्पतालमा उपचाररत मृतकको लागेको खर्च भाईजान्स अफ बिरगंजको पहलमा माफ गराएका थिए ।त्यसै गरि शवलाई गाउसम्म पुर्याउनु भाईजान्सले एम्बुलेन्सको भाडा तिरी सहयोग गरेको थियो ।
मृतक जङ्गलबाट दाउरा ल्याएर बेचेको पैसाले घर परिवार पाल्दै आएका थिए । कोरोना महामारीका बेला बेरोजगार भइ परिवार पाल्न नसकेपछि उनले विष सेवन गरी आत्महत्या गरेका थिए ।
अरुको जमिनमा घर बनाइ बस्दै आएका माझीको श्रीमती, आमा र दुई छोराछोरी छन् । परिवारमा कमाउने माझीकै मृत्यु भएपछि उनको परिवारलाई खान समेत समस्या हुँदै आएकोले सामुदायिक सेवा केन्द्र मुर्लीले खाद्यान्न सहयोग गरेको सचिव दिलिप प्रधानले बताए ।
मृतक माझिको एक छोरा , एक छोरी , श्रीमती र आमा रहेका छन ।।त्यसै गरि मृतकका परिवारलाई काठमाडौं निवासीले खानाको लागि भन्दै मृतक माझिकी श्रीमती रबिता देवीलाई नगद ५०००/- (पाँच हजार )सहयोग प्रदान गरेको सन्चारकर्मी सुरेश बिडारीले प्रहार डेलीलाई जानकारी दिनुभयो।
सो कार्यक्रममा सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र मुर्लीका प्रहरी सहायक निरीक्षक मिना कुमारी बडाल , प्रहरी जवान रबि कुमार सिंह , सामाजिक अभियन्ता प्रकाश थारु , सन्चारकर्मी सुरेश बिडारी , अजित कुमार भुजेल , गणेश थापा र गाडिको लागि नगेन्द्र सहनीले सहयोग गर्नु भएको थियो ।




