सोनार युवा अभियानद्वारा शैक्षिक सामाग्री बितरण ।

बिरगंज , कार्तिक १५ गते शनिबार ।

बिजयादशमि , सुभ दिपावलि र छ्ठ पर्वको अवसरमा सोनार युवा अभियानमा संलग्न युवाहरुले आज एक समारोहको बिच शैक्षिक सामाग्री वितरण गरेको छ ।

पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका वडा न. १९ विन्दवासिनिका अति विपन्न ३६ जना बालबालिकालाई कपी, सिसाकलम, कटर, इलेजर, बिस्कुट लगायतका सामाग्री वितरण गरिएको थियो ।

विन्दवासिनि मन्दिरको प्राङ्गणमा भएको शैक्षिक सामाग्री वितरण कार्यक्रममा अभियानका राजकुमार सर्राफ , रमेश सर्राफ, सन्दिप सर्राफ, हरिओम सरार्फ , जीवन सर्राफ , सुमन सर्राफ , बिजय सरार्फ , सत्यपाल सरार्फ , आदित सरार्फ, जयपाल सरार्फ , सन्तोष सरार्फ, श्याम सरार्फ , कमलेश स्वर्णकार, शनि सरार्फ , करण सर्राफ, मनोज सरार्फ , सुमन सर्राफ , राजन सर्राफ लगायतका युवाहरुको सयुक्त पहलमा शैक्षिक सामाग्री वितरण गरिएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close