लायन्स क्लब अफ बिरगंज , लियो क्लब अफ गन्जभवानीपुर र लियो क्लब अफ बिरगंजको सन्युक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न, २ महिला सहित ४५ जनाले गरे रक्तदान ।

बिरगंज , असोज १० गते शनिबार ।

लायन्स क्लब अफ बिरगंज , लियो क्लब अफ गन्जभवानीपुर र लियो क्लब अफ बिरगंजको सन्युक्त आयोजनामा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको थियो।

“रक्तदान जिवनदान ” मास्क लगाउ , सामाजिक दुरि अपनाउ , नियमित रुपले ईम्युनिटी बढाउ , देश र आफुलाई कोरोनाबाट बचाउ नारा सहित लायन्स सर्भिस सेन्टर, नारायणी अस्पतालको दक्षिण साईडमा शनिबार भएको रक्तदान कार्यक्रमको सभापतित्व लायन बिजय कुमार गुप्ता र प्रमुख अतिथि पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ , बिशिस्ट अतिथी नेपाल पत्रकार महासघ पर्साका अध्यक्ष श्याम बन्जरा, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक मनोजित कुवर , सशस्त्र प्रहरी नायब उपरीक्षक राजेन्द्र खड्का , नारायणी अस्पतालका डा. उदय नारायण सिंह ,डा. मनोज गुप्ता , लियो क्लब अफ बिरगंजका अध्यक्ष मेराजुल हवारी , लियो क्लब अफ गन्जभवानीपुरका अध्यक्ष बिनय कुमार साह लगायत क्लबका पदाधिकारीहरुको उपस्थिति रहेको थियो।

सो रक्तदान कार्यक्रममा २ महिला सहित ४५ जनाले रक्तदान गरेका थिए ।रक्तदान गर्नुहुनेमा रोशनी श्रेष्ठ , सुनिता कुमारी , तिवारी यादव , सुरेन्द्र कुमार ठाकुर , दिपक कुमार गुप्ता , सन्जिव गुप्ता , धिरज कुमार यादव , मनोजित कुवर , सन्जय कुमार यादव , गोबिन्द कुमार पटेल, सुरज कुमार पाल, प्रितेश कुमार , बिशाल श्रेष्ठ , रुपेश पटेल , श्रीकान्त सहनी , बिजय कुमार साह , राकेश कुमार शर्मा , महेश साह , पप्पु श्रीवास्तव , दिब्या गिरि , महेश कुमार पटेल , विशाल यादव , सतेन्द्र पटेल, श्याम किशोर पटेल , राजेश बर्णबाल लगायतकाले रक्तदान गरेका थिए ।

कार्यक्रममा स्वागत मन्तव्य लियो भगवती सिन्देल र कार्यक्रमको सहजीकरण लियो दिव्या गिरिले गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close