
बिरगंज , भदौ १० गते बुधबार ।
बिगत एक महिना देखि जारी निषेधाज्ञाका कारण प्रभावित भएका दैनिक ज्याला मजदुरी गर्ने श्रमिक, रिक्सा तथा ठेला चालक, गरीब, बिपन्न परिवारको भोक मेटाउने अभिप्रायले सञ्चालित निशुल्क भोजन शिविरकोन आज १३ औ दिन पनि जारी रहेको छ ।
वीरगञ्ज महानगरपालिका वडा न. १३ का स्थानीय युवाहरुको सक्रियतामा विगत १२ दिनदेखी निशुल्क भोजनको व्यवस्थापन हुँदै आएको छ ।
वडा न. १३ का वडा अध्यक्ष तूफान अन्सारी, सन्दिप यादब, नसस लालमहमद, नसस राज कुमार, युवा नेता मनमोहन पाण्डे, रुस्तम शेख, साहिब खान, आयुष राज बर्णवाल, नौसाद अन्सारी, अकब मन्सुरी, अमिन मियाको सहयोगमा र कोभिड एक्सन टिम (क्याट) को पहलमा वीरगञ्जका विभिन्न क्षेत्रहरुमा निशुल्क रुपमा भोजन वितरण गरिएको अभियानमा संलग्न सक्रिय युवा साहिब हुसैनले जानकारी दिनुभयो ।
जिल्ला समन्वय समितिको परिसरमा दैनिक बिहान ९ बजेदेखी १२ बजेसम्म सञ्चालन हुने भोजन शिविरमा दैनिक ८० देखी १ सय जनासम्मले खाना खाने गरेका छन् भने विरगञ्जका विभिन्न क्षेत्रहरुमा दैनिक १ सय देखी १ सय ५० जनासम्मलाई प्याकिङ्ग मार्फत खानाको व्यवस्थापन गरिरहेको वडाअध्यक्ष तुफान अन्सारीले प्रहार डेलीलाई बताउनुभयो ।




