
बिरगंज , असोज १७ गते शनिबार ।
बिरगंज महानगर पालिका वडा न.१४ मा ग्यालेक्सी युवा क्लबको आयोजना र एल. एस. न्युरो एन्ड जेनरल हस्पिटल प्रा.लि. को सहयोगमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको थियो ।
रक्तदान कार्यक्रममा ८ महिला सहित ८२ जनाले रक्तदान गरेका थिए ।
ग्यालेक्सी युवा क्लबका अध्यक्ष राजेश पटेलको अध्यक्षतामा र नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य अजय कुमार चौरसियको प्रमुख आतिथ्य भएको सो कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता एवं पुर्व सान्सद अनिल रुङ्ग्टा , नेपाली काङ्ग्रेसका नेता रामनारायण प्रसाद कुर्मी , एल. एस. न्युरो अस्पतालका संचालक श्यामबाबु प्रसाद , नेपाली काङ्ग्रेस महासमिति सदस्य तथा बारा जिल्ला तरुण दलका अध्यक्ष लोकेश सिंह , दुगड ग्रुपका कन्ट्रि हेड फाईनान्स मेनेजर श्याम पटेल , क्लबका उपाध्यक्ष वेद प्रकाश कुर्मी , विभिन्न दलका प्रतिनिधि , समाजसेवी , बुद्धिजिबि र युवाहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सहजीकरण क्लबका सचिव साजन पटेलले गर्नु भएको थियो ।




