
कोरोना संक्रमण तिब्रगतिमा फैली रहेको भन्दै माघी स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी मनाउन नेकपा एमालेका युवा नेता एवम राष्ट्रिय युवासंघ नेपालको केन्द्रीय सदस्य महम्मद मेराजले आग्रह गर्नुभएको छ ।
आदिबासि जनजाति थारु समुदायको नयाँ बर्ष २६४६ औ सम्बतको अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै युवा नेता मेराजले बढ्दो कोरोना संक्रमणको नयाँ भेरियन्ट ओमिक्रोन भाईसर बाट सुरक्षित भई माघी मनाउन आग्रह गर्नुभएको हो ।
यो पर्वले सबैलाई एकताबद्ध बनाई राष्ट्र बिकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । उहाले भिडभाड नगरी आ-आफ्नो घरमा सुरक्षित बसी हर्षउलासको साथ पर्व मनाउन आग्रह गर्नुभको छ ।
पहिलाको बर्षमा स-साना त्रुटीले धेरै जनधनको क्षति भएकोले सावधानी पूर्वक चाडपर्व मनाउन सबैलाई आग्रह गर्नुभएको हो ।
आफ्नो प्रतिक्रिया दिनुहोस




