दुर्गा पुजा सेवा समिति रानिघाटको आयोजना भएको रक्तदान कार्यक्रममा ३ महिला सहित ६३ जनाले गरे रक्तदान ।

बिरगंज , असोज २४ गते शनिबार ।

बिरगंजमा रगतको अभाव भए सङै रगतको अभावलाई कम गर्न हरेक बर्ष रक्तदान गर्दै आई रहेको दुर्गा पुजा सेवा समिति रानिघाटले १४ औं पटक खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको थियो ।

रक्तदान कार्यक्रममा ३ महिला सहित ६३ जनाले रक्तदान गरेका थिए ।रक्तदान गर्नु हुनेमा उमा मानन्धर , राकेश मानन्धर , रबिता चौधरी , सुषमा सिंह , राजेन्द्र भट्टराई , सन्जय सिंह राजपुत, नुर आलम , निरज कुमार गुप्ता , भरत कुमार शर्मा , मुन्ना कुमार , मनिष कुमार तिवारी , रौनक सिंह , प्रमोद कुमार साह , सन्जय कुमार कलवार , राज कुमार चौधरी , हरेन्द्र प्रसाद चौधरी , दिपक प्रसाद कानु , अलि असगर हवारी, आकाश श्रीवास्तव , अमित कुमार पटेल , शारदा शंकर गुप्ता , प्रबीण कर्ण , बसन्त रौनियार , राजु गुप्ता, अरबाज आलम लगायतकाले रक्तदान गरेका थिए ।

दुर्गा पुजा समिति रानिघाटकस अध्यक्ष शतिस सिंह राजपुतको अध्यक्षतामा र सल्लाहकार प्रदिप कुमार कुशवाहको प्रमुख आतिथ्य भएको सो कार्यक्रममा गोपाल प्रसाद रौनियार , दिनानाथ प्रसाद रौनियार , नुरहोदा अन्सारी , सोनु पटेल , सन्जय थापा लगायतको सहभागिता रहेको थियो ।

स्वागत मन्तव्य दिनानाथ प्रसाद रौनियारले र कार्यक्रम सन्चालन पत्रकार प्रणय साहले गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close