सोनार युवा अभियान बिरगंजद्वारा लक्ष्मीनारायणहरुलाई निसुल्क भोजनको व्यवस्था ।

वीरगञ्ज, कार्तिक ०१ गते शनिबार ।

वीरगञ्जको रानिघाटमा अवस्थित मानवसेवा आश्रममा सोनार युवा अभियान वीरगञ्जले निशुल्क भोजनको व्यवस्था गरेको छ ।

नवरात्रि आरम्भ भएको तथा घटस्थापना दिवसको अवसरमा आश्रममा आश्रीत आमा बुबालाई भोजन गराएर सामाजिक कार्यको थालनी गरेको छ ।

अभियानमा राजकुमार सर्राफ, बिक्की सर्राफ, हरीओम सर्राफ, रमेश सर्राफ, सत्पाल सर्राफ, जयपाल सर्राफ, आदित सर्राफ, सन्तोष सर्राफ, दिपक सर्राफ, सन्नी सर्राफ, सन्दिप सर्राफ, कमलेश स्वर्णकार, जिवन सर्राफ लगायतको उपस्थिती रहेको थियो ।

युवाहरुले आफ्नै खर्च जुटाएर भोजनको व्यवस्था गरेको अभियानका राजकुमार सर्राफले बताउनुभयो ।

साथै आगामी दिनमा पनि यसैगरी सामाजिक क्रियाकलापहरु सञ्चालन गर्नका निमित्त सोनार युवा अभियान समुह गठन गरिएको सर्राफले बताउनुभयो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close