एक अपाङ्ग , दुई महिला सहित ५० जनाले गरे रक्तदान ।

बारा , फेटा २२ भदौ २०७७ सोमबार ।

बारा जिल्लाको फेटा गाउपालिका वडा न. १ को आयोजनामा भलूहि चौकमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

उक्त रक्तदान कार्यक्रममा फेटा गाउँपालिका वडा न.१ का वडा अध्यक्ष जयप्रकाश दासले रक्तदान ग़री कार्यक्रमको उदघाटन गरेका थिए ।

एकजना फरक क्षमता भएको( अपाङ्ग ) , २ महिला सहित ५०जनाले रक्तदान गरेका थिए ।रक्तदान गर्नु हुनेमा वडा न.१ का वडा अध्यक्ष जयप्रकाश दास , वडा सदस्य लोहा यादव , वडा सचिव प्रदिप पासवान ,अपाङ्ग अरुण कुमार महतो ,महिलामा पुनम कुमारी र शान्ती देबि लगायतकाले रक्तदान गरेका थिए । ब्लड बैंक र रेडक्रस सोसाइटी को प्राविधिक सहयोगमा भएको धर्मेन्द्र झाले बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close