
अजित भुजेल
बिरगंज , कार्तिक ०१ गते शनिबार ।
नेपालीहरुको महानपर्व बिजयादशमी , दिपावलि र छठ पर्वको अवसरमा सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र छपकैया-२ पर्साको आयोजनामा सुभ कामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको थियो ।
सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र छपकैया-२ का अध्यक्ष हाजी ग्यासुदिन ठकुराईको अध्यक्षतामा भएको सो कार्यक्रममा वरिष्ठ उपाध्यक्ष मो. अब्दुल हक , सचिव प्रबिण बिक्रम शाह , कोषाध्यक्ष प्रेमा कुमारी सिंह , सदस्य टीका प्रसाईं , मोमिला खातुन , धिरज शर्मा , बिट्टु नेपाली , अब्दुल कैश , अजित कुमार भुजेल , राईजिङ्ग नेपाल बिरगंजका अध्यक्ष आरजु खान , प्रहरी हवल्दार देवेन्द्र पटेल , प्रहरी जवान राज कुमार तामाङ लगायतकाको उपस्थिति रहेको थियो ।
त्यसै गरि ६५ औं प्रहरी दिवस २०७७ को अवसरमा प्रहरी केन्द्रिय कार्यालय नक्साल काठमाडौंबाट समुदाय – प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत रहि जनस्तरमा सहकार्य र उल्लेखनीय कार्य गरेकोमा यश सामुदायिक सेवा केन्द्रका अध्यक्ष हाजी ग्यासुदिन ठकुराई ज्युलाई कदरपत्र तथा दोसल्ला ओढाएर जनकपुरधाममा एक कार्यक्रम बिच प्रहरी दिवसको दिन प्रदेश न.२ को आर्थिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले सम्मान गर्नु भएकोले यश खुशीमा शनिबार सामुदायिक सेवा केन्द्र छपकैया -२ का सम्पुर्ण पदाधिकारीहरुले बधाई तथा सुभ कामना दिएका थिए ।




