
समीर मल्ल
काठमाडौ 2073/असोज देखि त्रि. बि शिक्षण अस्पताल माहाराजगन्ज काठमाडौमा उपचाररत बझाङ्ग जिल्ला केदारस्यु गाउपाली ४ मनिराज भट्ट्लाइ सुदूरपश्चिमेलि नेपाली समाज मलेसिया थालनी गरेको मासिक सहयोग योजनना अन्तर्गत ३२८२४ रुपैया समाजका संरक्षक समीर मल्लको पहलमा मिर्गौला पिडित भट्ट लाई हस्तान्तरण गरियको महासचिब डम्बर बिस्वकर्माले जानकारी गराउनो भयो
भट्ट परिवारको दयनिय अबस्थाका बिच पनि साथिभाइ परिवारका दाजुभाइ तथा समाजहरुको सहयोगमा हप्तामा २ चोटि डायलोसिय गरायर काठमाडौ उपरार गराइरहनो भयको छ।बिस्व माहारिको रुपमा फैलियको covid-19 कोरोना भाइरसका कारण जनजिबन प्रभावित भैरहेका बेला मिर्गौला पिडित भट्टलाई पनि यो समस्याले सतायको छ । मासिक (१०००० )नेपालिमा दूध डेरिमा काम गरेर रुम भाड र दुइटा छोराछोरीको खर्च धानी रहनो भयकी उहाकी धर्मपनिको त्यो पनि छुटेपछी भट्टलाई खर्च धान्न गारो परेपछी समाजको सम्पर्कमा आयपछी उहालाई उक्त रकम सहयोग गरियको समाजका बरिस्ठ उपाध्यक्ष बिरेन्द्र धानुकले जानकारी गराउनु भयो
उक्त सहयोग रकम १ महिना अगाडि नै समाजसेवी तथा सिद्धार्थ बैंकमा ब्रान्च इन्चार्ज रबिन मल्ल ज्युलाई पठाइसकेको र मिर्गौला पिडित भट्ट र उहाकी धर्मपत्नी दुबैलाइ कोरोना पोजेटिभ भयपछी क्वारेन्टाइनमा रहेकाले उक्त रकम केही ढिला गरि हस्तान्तरण गरियको समाजका कोषाअध्यक्ष कैलाश बोहराले जानकारी गराउनु भयो
साथै सुदूरपश्चिमेलि नेपाली समाज मलेसियाले प्रबासमा रहेर पनि गाउठाउ समाजमा केही राहत पायको अनुभूति होस भन्ने उदेश्यले मासिक रुपमा यो अभियान थालनी गरियको र अभियान निरन्तर चलिरहने समाजका अध्यक्ष तुलाराम धामीले जानकारी दिनुभयो
उक्त सहयोग कार्यक्रममा बिशेश सहयोग गर्नोहुने सुदूरपश्चिमेलि नेपाली समाज अन्तर्राष्ट्रिय समितिका द. एसिया संयोजक दिनेश खड्का, स्थापक तथा अन्तर्राष्ट्रिय सदस्य टेकबहादुर बुढा मलक्का राज्यसमितिका अध्यक्ष पदम राज जोशी र पेनाङ राज्यसमिका बरिस्ठ उपाध्यक्ष दिपकराज जोशि लगायत नैतिक समर्थन गर्नोहुने ३ ओटै सु. प राज्यसमिति हरुलाइ धन्याबाद दिदै आगामी दिनमा पनि समाजका यस्ता मानबिय कार्यमा सहभागी हुन संरक्षक समीर मल्लले अपिल पनि गर्नो भयको छ




