
अपन राधेमाई युवा क्लबले राधेमाइको मन्दिर प्राङ्गणमा आज रक्तदान कार्यक्रम आयोजना गरेको हो। एक महिला सहित ५२ जनाले रक्तदान गरेको क्लबका सल्लाहकार दिनेश मिश्रले जानकारी दिए।
क्लबको अध्यक्ष पवन यादवको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि माननीय प्रदिप यादव तथा अतिथि उदयराज शर्मा, दिपेन्द्र श्रीवास्तव का साथै प्रदेश सभा सदस्य प्रहलाद गीरी, जन्नत अन्सारी, सिंगासन साह कलवार तथा निरज मिश्र, विजय सर्राफ, ललन द्विवेदी, रत्ना अधिकारी, सुमिर पाण्डेय , गीता साह, धिरज मिश्र, दिलिप पाण्डेय लगाएतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ ।
क्लबका सदस्य तथा युवाहरुले लगनशिलताका साथ आआफ्नो भूमिका निर्वाह गरेका थिए।प्राबिधिक सहयोग रक्तसंचार केन्द्र बिरगंजले गरेको थियो।
आफ्नो प्रतिक्रिया दिनुहोस