११ महिला सहित ५१ जनाले रक्तदान गरे ।

अजित भुजेल

बिरगंज , पौष ११ गते शनिबार ।

बिरगंजमा रगतको अभाव भएसङ्गै रगतको कमि हुन नदिन र रगतको कारण कसैको अकालमा मृत्यु हुन नपरोस् भन्ने उदेश्यका साथ चित्रान्श युवा समिती बिरगंजको आयोजनामा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

बिरगंज महानगर पालिका वडा न.९ गितामन्दीर रोड स्थित चित्रगुप्त मन्दिर परिसर शनिबार भएको रक्तदान कार्यक्रममा ११ महिला सहित ५१ जनाले रक्तदान गरेका थिए ।
रक्तदान गर्नु हुनेमा मिनु मानन्धर , अदिती सिंह , मिना चौरसिया , प्रतिभा कर्ण, स्वेता सिंह , लिसा कर्ण , सृस्टि श्रीवास्तव , सुश्बु यादव , निलम कर्ण, सुश्मिता श्रीवास्तव , रश्मि कायस्थ , शम्भुनाथ झा, राहुल श्रीवास्तव , रितिक श्रीवास्तव , बैकुण्ठ श्रीवास्तव , राजन कुमार ठाकुर , प्रलब खड्का लगायतकाले रक्तदान गरेका थिए ।

चित्रान्श युवा समिती बिरगंजका अध्यक्ष महेश दासको अध्यक्षतामा भएको रक्तदान कार्यक्रमको प्रमुख अतिथिमा बिरगंज महानगर पालिकाका नगर प्रमुख बिजय कुमार सरावगी , पर्साका प्रहरी उपरीक्षक गङ्गा पन्त , नेपाली काङ्ग्रेस पर्साका सभापति अजय दुबेदी , नेपाल पत्रकार महासघ पर्साका अध्यक्ष श्याम बन्जरा , युवा नेता बैकुण्ठ श्रीवास्तव , डा. लक्ष्मी थापा, डा. आलोक दत्त , वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक राजेशराज पुरी , वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक दिपक साह , सुमन कार्की लगायतको सहभागी रहेको थियो भने रक्तसन्चार केन्द्रका प्राबिधिक धिरेन्द्र झाको टोलिले प्राबिधिक सहयोग गरेको कार्यक्रम संयोजक राजन श्रीवास्तवले जानकारी दिनुभयो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close