
बिरगंज , माघ ०६ गते मंगलवार ।
नेपाल शैक्षिक पेशाकर्मी महासंघ प्रदेश न २ र जिल्ला कार्य समिती पर्साद्वारा आयोजित यस महासंघका सदस्य तथा ठाकुर राम बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डा. राजदेव कुसुवाहाको दिंवगत आत्माको चिर शांती तथा शोकाकुल परिवारजनमा संवेदना प्रकट गर्न श्री गहवा माइ मंदिर परिसरमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरियो।
उक्त कार्यक्रमको अध्यक्ष नेपाल बौद्धिक पेसाकर्मी महासंघ प्रदेश न २ को अध्यक्ष श्री बिजय यादवले गरेका थिए। साथै प्रदेश सांसद मा. करिमा बेगमको प्रमुख आतिथ्यमा, ज.स.पा जिल्ला अध्यक्ष राम नरेश यादव , ठा. रा. क्याम्पस प्रमुख सुरेश कुशवाहा, उदय कर्ण, तेज नारायण यादव , बिनोद यादव, बाल किशोर यादवले श्रद्धाञ्जली मन्तव्य राखेका थिए ।
उक्त कार्यक्रम नेपाल बौद्धिक पेशाकर्मी महासंघ जिल्ला कार्यसमिति पर्साका सचिव संदिप कुशुवाहाले संचालन गरेका थिए। साथै उक्त कार्यक्रममा तबरेज आलम,बिरेन्द्र पंडित , जनता राउत, बृजमोहन तिवारी , बिरेन्द्र यादव, उमेश यादव, प्रबिन झा, राजेश रौनियार लगायत बुद्धिजिबि,
प्राध्यापकज्युहरुको उपस्थिति रहेको थियो।




