
बिरगंज , माघ १० गते शनिबार ।
सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैया-२ को बैठक शनिबार सम्पन्न भएको छ ।
सो बैठकले यहि माघ १७ गते शनिबार खुल्ला रक्तदान कार्यक्रमको आयोजना गर्ने निर्णय समेत गरेको सामुदायिक सेवा केन्द्र छपकैया-२ अध्यक्ष हाजी ग्यासुदिन ठकुराईले जानकारी दिनु भयो ।
साथै रक्तदान कार्यक्रमको दिन पर्सा जिल्लामा आउनु भएको प्रहरी उपरीक्षक बेल बहादुर पान्डे ज्युको स्वागत र सामुदायिक सेवा केन्द्र छपकैयालाई हरेक क्षेत्रबाट योगदान गर्नु हुने , सहयोग पुर्याउदै आउनु भएका मानवभावहरुलाई सम्मानपत्रले सम्मानित गर्ने कार्यक्रम समेत रहेको अध्यक्ष ठकुराईले बताए ।
सो बैठकमा सामुदायिक सेवा केन्द्रका सचिव प्रबिण बिक्रम शाह , सदस्य अजित कुमार भुजेल , बिट्टु नेपाली , जेयाउल हक समानी , अब्दुल कैस , साहेब हुसेन राईजिङ्ग बिरगंज नेपालका आरजु खान , प्रहरी हवल्दार देवेन्द्र पटेल , प्रहरी जवान राजकुमार तामाङ लगायतकाको उपस्थिति रहेको थियो ।




