बिरगंज कारागारमा रहेको समता स्कुलमा अध्यनरत छात्रछात्रालाई आवस्यक शैक्षिक सामाग्री तथा खाजा बितरण ।

बिरगंज , माघ २६ गते सोमबार ।

पर्सा जिल्ला बिरगंज कारागार भित्र रहेको समता स्कुलमा अध्यनरत छात्रछात्रालाई आवस्यक शैक्षिक सामाग्री तथा सानाबच्चाहरुको लागि केही खाने कुराहरु बितरण गरिएको थियो ।

समुदाय – प्रहरी साझेदारी अन्तर्गत सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा कुम्हालटोल र रमेश चौधरी परिवारको सन्युक्त आयोजनामा कारागार भित्र रहेका विद्यार्थीहरुलाई आवस्यक शैक्षिक सामाग्री तथा खाजा बितरण गरेको हो।

सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा कुम्हालटोलका अध्यक्ष रमेश चौधरीको अध्यक्षतामा र वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक राजेश राज पुरिको प्रमुख आतिथ्य भएको सो कार्यक्रममा कारागारमा कैद भुक्तान गर्दै आईरहेका कैदी बन्दीहरुका बालबच्चाहरु सो स्कुलमा पढ्दै आईरहेको छ ।

कारागार भित्र रहेको समता स्कुलमा अहिले पिजि क्लासमा-२५ जना, नर्सरि क्लासमा-२४ जना एलकेजिमा-२४ जना , युकेजीमा ७ -जना , एक क्लासमा- ३ जना र दुई क्लासमा -२ जना गरि जम्मा- ८५ जना अध्यनरत रहेको स्कुलकि प्रिन्सिपल अनामिका मिश्राले जानकारी दिनुभयो।

आजको सो कार्यक्रममा बिशिस्ट अतिथिमा मुनलाईट बोडिङ्ग स्कुलका प्रिन्सिपल श्याम केसि , समता स्कुलकि प्रिन्सिपल अनामिका मिश्रा रिसा चौधरी , आँसु चौधरी , चादनी चौधरी , सिमरन चौधरी , राउन्ड टेबुलका सदस्य सुमित चौधरी , हिमान्शु चौधरी , प्रहरी नायब निरीक्षक खुब नारायण श्रेष्ठ , सामुदायिक सेवा केन्द्रका ईन्दिरा पोखरेल , ज्ञानमाया रायमाझी, मुना दाहाल , सन्जु दाहाल , सन्चारकर्मी सन्तोषमान रन्जितकार , अजित कुमार भुजेल , जाकिर हुसेन,सामुदायिक सेवा केन्द्र कुम्हालटोलका महिला प्रहरी हवल्दार सुनिता बिक , प्रहरी जवान कुमार बिकलगायतकाको सहभागिता रहेको थियो ।

स्वागत श्याम केसिले गर्नु भएको थियो भने कार्यक्रम सन्चालन सामुदायिक सेवा केन्द्र कुम्हालटोलका सचिव श्रवण रायमाझीले गर्नु भएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close