१११ औं नारी दिवसको उपलक्ष्यमा ग्यालेक्सी युथ क्लब बिरगंजद्वारा ५० जना जेष्ठ महिलालाई साडी बितरण ।

१११ औं नारी दिवसको उपलक्ष्यमा ग्यालेक्सी युथ क्लब बिरगंजद्वारा ५० जना जेष्ठ महिलालाई साडी बितरण ।

बिरगंज , फागुन २४ गते सोमबार ।

१११ औ नारी दिवसको उपलक्ष्यमा ग्यालेक्सी युथ क्लब बिरगंजद्वारा ५० जना जेष्ठ महिलालाई साडी बितरण गरेको छ ।
बिरगंज महानगर पालिका वडा न.१४ पिपरामा महिला दिवसको अवसर पारेर जेष्ठ महिलाहरुको सम्मान गरेको हो।

ग्यालेक्सी युथ क्लबका अध्यक्ष राजेश पटेलको अध्यक्षतामा र नेपाली काङ्ग्रेसका केन्द्रिय तराई – मधेस समन्वय बिभागका सचिव राम नारायण कुर्मीको प्रमुख आतिथ्य भएको सो कार्यक्रममा एनएस न्युरो हस्पिटलका वरिष्ठ न्युरो सर्जन डा. श्यामबाबू प्रसाद , क्लबका सस्थापक अध्यक्ष श्याम पटेल , क्लबका सल्लाहकार बिशेस्वर पटेल , स्थानीय तह कर्मचारी युनियन पर्साका अध्यक्ष घनश्याम प्रसाद , समाजसेवी सतन प्रसाद कुर्मी , क्लबका पदाधिकारीहरु लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो भने कार्यक्रमको सहजीकरण क्लबका सचिव साजन पटेल गर्नु भएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close