
जितपुर बारा चैत १३ गते
बाराकाे जितपुरसिमरा उपमहानगरपालिका वडा ७ जितपुरमा अध्यनरत गरिब बालबालिकालाई शिक्षाण कार्यमा कुनै अवरोध अाउन नदिन बारा क्षेत्र नम्बर ४ का खका उपबिजेता युवा नेता उमेश कुशवाहाले बिधार्थीहरुलाई एक हजार प्रति कापी ,पेन्सिल, कटार,इरेजर लगायतका स्टेसनरी समाग्री उपलब्ध गराउनुभायाे अाज एक कार्यक्रम बिच उक्त उपलब्ध स्टेसनरीका समाग्रीहरु प्रमुख अतिथि उमेश कुशवाहा बिशिस्ट अतिथि जानजगारण माध्वर्ती समुदायिक बन समितिका अध्यक्ष तारा बहादुर कार्की अतिथि नेपाल फाेरम लाेकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य श्रीराम साह ,नेकपा पुवानेता सताेष साह,समाजसेवी गभिरा सहनी ,लगायतले बितरण गरी छात्रछात्राहरुकाे पढाईप्रति हाैसला बढाउनुभएकाे थियोे ।
समाजकाे बिकास गर्न शिक्षाले महत्त्वपूर्ण भुमिका खेल्ने र निःशुल्क शिक्षाको ब्यवस्था मिलाउनुभएका युवा समाजसेवी मनाेज कुमार साहलाई प्रमुख उमेश कुशवाहाले धन्यवाद दिदै अागामी दिनमा पनि यस किसिमको सहयोग उपलब्ध गराउने वाचा गर्नुभयो ।
बालबालिकालाई निःशुल्क शिक्षा प्रदान गर्ने उतरदायित्व राज्यको भएपनि राज्यले सबैतिर निःशुल्क शिक्षा प्रदान गर्न नसकेका ठाउँहरुमा मनाेज कुमार साह जस्ता युवा समाजसेवीहरु अगाडि अाउनु अाफैमा एक उदाहरणीय कार्य रहेको प्रमुख अतिथि उमेश कुशवाहाले भने ।
आफ्नो प्रतिक्रिया दिनुहोस




