दुर्गा पुजा सेवा समिति रानिघाटद्वारा १५ औं पटक रक्तदान , ६ महिला सहित ७० जनाले गरे रक्तदान ।

अजित भुजेल

बिरगंज , बैशाख ०४ गते शनिबार ।

दुर्गा पुजा सेवा समिती रानिघाटको आयोजना भएको १५ औं पटक रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
रक्तदान कार्यक्रममा ६ महिला सहित ७० जनाले रक्तदान गरेका थिए ।आज बिरगंज रानिघाट ब्लड डोनेशन चौकमा दुर्गा पुजा सेवा समिति रानिघाटका अध्यक्ष शतिश सिंह राजपुतको अध्यक्षतामा र समितीका सल्लाहकार बृजकिशोर साह कलवारको प्रमुख आतिथ्य भएको सो कार्यक्रममा दिनानाथ रौनियार , रोशन गुप्ता , सन्जय थापा, सन्जिब थापा , सौरब राज पान्डे लगायतका समितीका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close