
अजित भुजेल
बिरगंज , बैशाख ०९ गते बिहीबार ।
ग्रिनसिटि सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा आदर्शनगरले आज एक कार्यक्रमको बीच अति आवस्यक पर्नेलाई निसुल्क अक्सिजन बितरण गरेको छ ।
केही परि हाल्यो , अप्ठ्यारो भयो भने हामी सहयोग गर्न तयार छौ भन्ने म्यासेज हो यो । अत्याउने खालको लागि अक्सिजन राखेको होईन कि कसैलाई आपत बिपद परे सजिलै रुपमा अक्सिजन प्रयोग गर्न पायोस र अक्सिजन बिना कोहि आत्तिएर नमर्नु परोस भन्ने उदेश्यका साथ यो सेवा दिएको ग्रिनसिटि सामुदायिक सेवा केन्द्रका अध्यक्ष प्रकाश खेतानले बताउनु भयो।
त्यसैगरि पर्साका प्रहरी उपरीक्षक बेल बहादुर पाण्डेले सजक र सतर्कता अपनाए भने कोरोनाको जुन सक्रमण छ त्यो एक अर्काबाट सर्नबाट बच्ने छ र त्यो हटेर जान्छ ।
उत्साहका साथ धैर्यताका साथ राज्यले दिएको आदेश र निर्देशनको बडो सकारात्मकका साथ पालना गर्यो भने बिपद र अप्ठ्याराहरु सक्किएर जान्छ र फेरि सामान्य जिवनमा फर्किने बताउनु भयो।




