
राजन बानिया
पाेखरिया १३ सावन
प्रदेश हरित अभियान कार्यक्रम अन्तर्गत पर्साको पोखरिया नगरपालिका वार्ड नं ९ सेमबारी बर्वामा अाज एक कार्यक्रम का बिच वृक्षाराेपन कार्यक्रम सुरु भएको छ । प्रदेश सरकार ,डिभिजन बन कार्यालय पर्सा र पोखरिया नगरपालिका को सहयोगमा वृक्षाराेपण कार्यक्रम सुरु भएको छ । पोखरिया नगरपालिका मा हरित अभियान कार्यक्रम अन्तर्गत चार सय विरुवा राेपिने नगरप्रमुख दिपनारायण राैनियारले जनाए का छन। अाज बाट सुरु गरिएको वृक्षारोपन कार्यक्रम मा सेमबारी चौक मा ४५ वटा बिरुवा रोपिएको छ।
वृक्षाराेपण कार्यक्रममा जिल्ला समन्वय समिति पर्साका प्रमुख नेकमहमद अंसारी,पोखरिया नगर उपप्रमुख सालमा खातुन, वार्ड नं ९ का वार्डअधयक्ष रामबाबु चौहान, १० का वार्डअधयक्ष सोनालाल साह गोढ, जनता समाजवादी पार्टीका नेता नेजामुदिन सम्मानी, जनता समाजबादी पार्टी प्रदेश सदस्य सलाउदिन अहमद कार्यपालिका सदस्य नरेन्द्र साह कानु ,नेता तेजनारायण पटेल, राजु रौनियार ,बृजेश दुबेदी, कर्मचारी, जनप्रतिनिधि ,जनता लगायतकाे उपस्थिती रहेकाे थियाे ।