
वीरगंजमा जारी निषेधाज्ञाको कारण अलपत्र परेकाहरको
उद्दारका लागि रेल्वे कटेजले निःशुल्क खाना र मर्क्स वितरण कार्यक्रम शुरु गरेको कोरोना संक्रमण महामारीको कारण जारी निषेधाज्ञाको कारण प्रभावित बनेका गरिब, विपन्न परिवारका सदस्य, अलपत्र परेका यात्रु सडक मानव तथा अस्पतालका विरामी
एवं कुरुवाहरको सहयोगार्थ विगत आज पाचौ दिन उक्त कार्यक्रम संचालन गरिएको स्वयमसेवक राहुल रौनियारले
जानकारी दिएका छन्।
उनका अनुसार उक्त कार्यक्रम रबि गुप्ताको नेतृत्वमा
खटिएका स्वयमसेवकहर सत्जय पटेल,कृष्ण चौरसिया, सागर सर्राफ, किसु सर्राफ, पवन सर्राफ, सन्दिप नेपाल,
सरोज चौरसिया लगायतले महानगरको विभिन्न स्थानमा पुगेर खाना वितरण गर्ने गरेको बताए।
खाना र मर्क्स वितरण कार्यक्रममा
पाचौ दिन वीरगंजको बसपार्क, गण्डक,सोमबार
शंकराचार्य गेट लगायतको स्थानमा
पुगी १ सय ७० प्याकेज खाना वितरण
गरेको स्वयमसेवक रौनियारले जाकारी
दिए।
हालसम्म उक्त समूहले ९
सय ७० प्याकेट खाना वितरण गरि
सकेका छन्।



