
ठा. रा. ब. क्याम्पस ईकाई समितिद्वारा निर्णय सच्याउन माग ।
बिरगंज , साउन ०९ गते मंगलवार ।
नेपाल उपत्यका बाहिरको सबैभन्दा जेठो र पुरानो ठाकुरराम बहुमुखी क्याम्पस ईकाई समितिले मंगलवार क्याम्पस प्रमुखलाई नवनियुक्त क्याम्पस प्रमुखको नियुक्ती गलत रहेकोले यसलाई सच्याउन जोडदार माग गरेको छ ।
आजै मंगलवारको दिन ठा. रा. ब. क्याम्पस ईकाई समितिको विद्यार्थी नेता शेष हजराको नेतुत्वमा गएको टोलिले त्रिभुवन बिश्व बिद्यालयले केन्द्रिय कार्यालय काठमान्दुको प्रहरी कुलपतिलाई पढेर क्याम्पस प्रमुख मार्फत त्रिभुवन बिश्व बिद्यालय किर्तिपुर काठमाडौं बुझाएको थियो ।
पत्रमा क्याम्पसमा एकलौटी तथा तानाशाही ढंगले हिडने नवनियुक्त क्याम्पसको बिरोध गर्दै आफ्नो गलत निर्णयहरु सच्याउन तथा लकडाउनमा विद्यार्थीहरुको पठनपाठन क्वारेन्टाइन रहेका क्याम्पसलाई सेनिटाईजेशन , सरसफाइ तथा कर्मचारीहरुको सुरक्षाको लागी माक्स सेनिटाईजेशन आवस्यक बन्दोबस्त सिग्र मिलाउन ईकाई समिती जोडदार माग गरेको छ ।त्यसै गरि बिरोध स्वरुप आजै देखी क्याम्पस प्रमुखको कार्यालयमा तालाबन्दी गर्दै गलत निर्णयहरु नसच्याएमा यसबाट हुन सक्ने कुनै पनि परिणाम त्रिबि तथा क्याम्पस प्रमुख दुबै हुने समेत जनाएको छ ।




