
अजित भुजेल
वीरगंज, जेष्ठ ११ गते मंगलवार ।
ग्रिनसिटि सामुदायिक सेवा केन्द्र आदर्शनगरले ‘अस्पताल र चिकित्सक बिरामीको घर दैलोमा ’ अभियानबाट ७० जना कोरोना संक्रमितहरु निको भएका छन् । संक्रमितको अत्यधिक बढेपछि अस्पतालमा उपचार गर्ने बेडको अभाव हुँदा होमआइसोलेसनमै बस्न बाध्य संक्रमितहरुलाई मध्यनजर गर्दै केन्द्रले उक्त अभियान थालेको हो ।
अभियानले सेवा क्षेत्र पनि फराकिलो बनाएको हाे ।होम आइसोलेसनमा रहेका संक्रमितहरु लाई चिकित्सकको परामर्श र स्वास्थ्य परीक्षण बिना औषधि उपचारमा भइरहेको समस्या समाधान गर्ने उद्देश्यले अभियान शुरु गरिएको केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले बताउनुभयाे ।
नयाँ भेरियन्ट सहितको कोरोना संक्रमणले घरमै बस्दा पनि समस्या हुने हुँदा अभियान उपयोगी भएको हाे । हामआइसोलेसनमा रहेका बिरामीहरुको प्रतिक्रिया छ ।
रुंगटा वेलफेयर सोसाइटीको सहयोगमा थालिएको हाे । “ अस्पताल र चिकित्सक नै विरामीको घर दैलो सम्म “ अभियानबाट हालसम्म ७० जनाभन्दा बढी निको भइसकेको हाे । अभियान मार्फत बिरामीहरुलाई चिकित्सकको आवश्यक परामर्श, स्वास्थय परीक्षणसँगै स्नेह र उर्जापरक व्यवहार प्रदान गर्दा उनिहरुको मनोवल उच्च हुने गरेको हाे । सेवालाई अझ प्रभावकारी बनाउन ५ सय मीटरबाट एक हजार मीटर बनाई सेवाक्षेत्रको दायरा फराकिलो पारिएको रुंगटा वेलफेयर सोसाइटीका कोषाध्यक्ष सुरेश रुंगटाले बताउनुभयाे ।




