बिरगंज जेसिसद्वारा सहयोगी हातलाई खाद्यान्न सामाग्री सहयोग ।

अजित भुजेल

बिरगंज , जेष्ठ १८ गते मंगलवार ।

बिरगंज जेसिसद्वारा बिरगंज महानगर भित्र निःशूल्क भोजन गराउदै आएका सहयोगी हातलाई बिरगंज जेसिसले खाद्यान्न सामाग्री सहयोग गरेको छ ।

कोभिड -१९ कोरोना भाईरसको महामारी पर्सा जिल्लामा दिन प्रति दिन बढदै गएपछी बैशाख १६ गते देखि निषेधाज्ञा जारी भएपछि निषेधााज्ञाबाट प्रभावित परिवारलाई निःशूल्क रुपमा भोजन गराउँदै आएको संस्थालाई बिरगंज जेसिसले आज चामल- ४ बोरा , ग्यास सिलिण्डर – २ थान, तेल- १ कार्टुन, मास्क – १० डिब्बा लगायतका सामाग्री सहयोग गरेको थियो ।

दैनिक एक सय जनासम्मलाई निःशूल्क रुपमा भोजन गराउँदै आएको सहयोग हातका संयोजक राजेश सिंह , निराजन अधिकारी, अरुण चौरसिया, विवेक बस्नेतलाई बिरगंज जेसिसका अध्यक्ष रञ्जन राउतले सो सामाग्री हस्तान्तरण गरेको जेसिसका पुर्व अध्यक्ष शेखर चौधरीले पर्सा पोस्टलाई जानकारी गराउनु भयो।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close