
वीरगन्ज १२ भदौ।वीरगन्ज महानगरपालिकाको हाम्रो वीरगन्ज स्वच्छ वीरगन्ज नारामा मात्र सिमितभएको छ। महानगरको फोहोर व्यवस्थान हुन नसक्दा घरबाहिर फोहोर फाल्न बाध्यभएको नगरवासिले गुनासो गर्दै आएपनि महानगरले वेवास्ता गर्दै आएको नगर वासिले गुनासो गरेका छन।
फोहोर संकलन गर्ने गाडी समयमा नआउदा घर तथा घरको भान्साकोठामा जम्मा भएको फोहोर घरमै कुहिएर घर दुर्गन्धित हुदा बाहिर फाल्नु पर्ने बाध्यता भएको नगरवासिले बताएका छन।
वीरगन्ज महानगरले फोहोर व्यवस्थापनको नाममा बर्सेनि करोड रुपैया खर्चगरे पनि नगरवासिले त्यसको अनुभूति लिनसकेका छैन्न। महानगर भित्र एडिपी परियोजना मार्फत रोडनाला निर्माण भएता कमिसनको खेलमा गुणस्तरहिन कामले हमानगरको अधिकान्स वडाहरु डुवानमा पर्दै आएको वडा वासिले गुणासो गरेका छन।
महानगरका मेयर बिजय सरावगिले २० वर्षमा हुन नसकेका काम गरेको छु भन्दै विभिन्न संचारमाध्यमा दिएको अभिव्यक्तिले नगरवासिले समाजिक संजालमा खुलेर बिरोध गरेका छन। मानगरको मुख्य सडक ,बजार क्षेत्रमा डुवानमा परेका घरहरुको फोटोहाल्दै यहि बिकास हो भन्दै व्यङ्ग्य गरेका छन।




