
अजित भुजेल
बिरगंज , जेष्ठ १८ गते मंगलवार ।
दोस्रो पटकको कोरोना लहरले गर्दा लागेको निषेधाज्ञाको कारणले भोकै पेट बस्नु परेका नारायणी अस्पतालका कुरूवाहरूको पेट भर्न आज साँझ मंगलवार २३ औं दिन पनि साहिब दरबार सेवा संस्था, समर्पण सेवा संस्था र स्टार मार्बल एण्ड सेनेटरी प्रा. लि. ले नारायणी अस्पतालको प्रागंणमा साँझको नि:शुल्क भोजन वितरण गरेको छ ।
सो बितरण कार्यमा रूपेश मान सिंह ,जयप्रकाश महतो , सुशील पटेल, अफरोज आलम , राहुल तुल्स्यान, प्रकाश ठाकुर, किशोर सिंह ठकुरी ,बिक्रम श्रेष्ठ , मन्दीप ठकुरी , बिनोद बैठा, संजय साह, दशरथ बैठा, सुरेन्द्र चौरसिया , राजा चौरसियाले सहयोग गर्दै आईरहनु भएको छ ।उहाहरुलाई धेरै धेरै धन्यवाद छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस




