बीरगंजका युवाहरु द्वारा संचालित हेल्प डेस्क को समापन र साथै आजदेखी बीरगंज हेल्पलाइन ३६५ दिन २४×७ का लागि संचालनमा

बिरगंज ३० जेठ

विश्वब्यापी रुपमा फैलिएको कोरोना महामारी को बेला युवा वचन संस्था ले बिरगंज नगरवासी का सहयोगको लागि हेल्प डेस्क को स्थापना गरेको थियो तर यो हेल्प डेस्क ले बिरगंज लगायत अन्य ठाउँ का मानिस हरु लाई पनी सहयोग गरेको छ।

यस हेल्प डेस्क ले महामारी को बेला कोइ भोको पेट ना रहोस, कसैलाई स्वास्थ्य समस्या परेमा तत्काल सहयोग गर्ने, अति बिपन परिवार लाई राहत बितरण गर्ने, निशुल्क एम्बुलेन्स सेवा, रगत को समस्या लाई पूर्ति गर्ने जस्ता अमुल्य सहयोग को उदेश्य ले हेल्प डेस्क को संचालन गरिएको थियो।

आज हेल्प डेस्क ले २३ औ दिन मा आएर आफ्नो हेल्प डेस्क लाई समापन गरि हेल्प लाईन को नाम ले संचालन गरेको छ। यस हेल्प डेस्कले २३ दिनमा बिरगंज मा मात्र नभएर अरु ठाउँ ठाउँ मा पुगेर ६५० गरिब परिवार लाई राहत बितरण गरेको छ साथै २१ बिपन परिवार लाई निशुल्क औषधी र ४३ परिवार लाई निशुल्क एम्बुलेन्स सेवा सहयोग गरेको छ।

हेल्प डेस्कले २३ दिनमा बिरगंज लगायत अन्य ठाउँ हरु बाट नगद ३ लाख , ९०० किलो चामल , १५५ किलो दाल , २०० किलो आलु , ५ कार्टुन तेल , २ बोरा प्याज , १०० प्याकेट आटा को सहयोग प्राप्त गरेको छ। साथै जगदम्बा स्टील का संचालक पवन गुप्ता ले (३००००) तिस हजार को औषधी हेल्प डेस्क लाई सहयोग गर्नु भएको थियो। यो हेल्पडेस्क लाई २३ दिन देखी निःशुल्क रुपमा टेंट लाइट जगमग डेकोरेटर का अवधकिशोर चैरसिया ले सहयोग गर्नु भएको थियो ।

युवा वचन संस्था का केन्द्रीय संस्थापक अध्यक्ष पियुष कादमिया र हेल्प डेस्क का संयोजक किशन सर्राफ को नेतृत्व मा संचालन हेल्प डेस्क को समापन कार्यक्रम मा प्रमुख अतिथि विजय कुमार सरावगी र अतिथि मा मुकेश अग्रवाल , पवन गुप्ता , राज रुंगटा , परमानन्द कादमिया , दिपक टीब्रेवाल को उपस्तिथी थियो ।
हेल्प लाईन नम्बर ९८५५०८८२७२ ९८०४२६४००१

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close