ग्यालेक्सी युथ क्लब द्वारा वृक्षारोपण कार्यक्रम

वीरगंज १४ पिपरामा रहेको ग्यालेक्सी युथ क्लवले आज वृक्षारोपन गरेको छ । वीरगंजका मेयर बिजय सरावगीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बिभिन्न प्रजातिका ८० बिरुवा वृक्षारोपन गरिएको छ । टोलमा रहेको धर्मशाला,सातोमाई मन्दिर र ब्रम्हबाबा मन्दिर प्रागंनमा सो बिरुवाहरु रोपिएको क्लबका अध्यक्ष राजेश पटेलले जानकारी दिनुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै मेयर सरावगीले वावतारण स्वच्छ राख्न बोट बिरुवाको योगदान महत्वपुर्ण रहेको चर्चा गर्नुभएको थियो ।

उहाँले वृक्षारोपनको लागि महानगरले आर्थिक बर्ष २०७७/०७८मा बिशेष बजेट छुट्याएको जानकारी दिनुभयो । मेयर सरावगीले वृक्षारोपन भन्दापनि विरुवाहरु हुर्काउन चुनौतीपुर्ण कार्य भएकोले त्यसतर्फ पनि बिशेष ध्यान दिन क्लवका पदाधिकारीहरुलाई आग्रह गर्नुभयो ।

क्लबको अध्यक्ष राजेश पटेलको अध्यक्षतामा भएको कार्यक्रममा उपमेयर शान्ति कार्की, नेपाली काँग्रेसका नेता रामनारायण कुर्मी,वडा अध्यक्ष भरत कुर्मी,पत्रकार केसी लामिछाने,नेकपा युवा नेता अनिल पटेल,क्लवका राजेश्वर पटेल, वेदप्रकाश कुर्मी,हरेराम पटेल,श्यामबाबु प्रसाद,नविन राम,सत्रुधन पटेल,कसिम मियाँ ,वृशेश्वर पटेल लगायतको सहभागिता रहेको थियो । धर्मशालामा आयोजित कार्यक्रमको सहजीकरण क्लवका सचिव साजन पटेलले गरेका थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close