
अजित भुजेल
वीरगंज, असार १० गते बिहीबार ।
वीरगंज युवा समाजले सिन्धुपाल्चोकको हेलम्बुका बाढी पहिरोबाट घरबार गुमाएका परिवारका लागि झण्डै ३ लाख मूल्य बराबरको राहत सामाग्री पठाएको छ ।
चामल, दाल, तेल, चाउचाउ तथा मेडिकल सामाग्रीहरु मास्क, दवाई लगायतका सामाग्री समाजले बिहीबार बिहान हेलम्बु पठाएको हो ।
प्राकृतिक विपत्तिका बेला मानवीय सहयोग गर्नु सबैको कर्तब्य भएकाले आफुहरुले पनि बाढीपहिरो प्रभावितलाई राहत पठाएको समाजका अध्यक्ष कमल चौगाईले बताए ।

बिहीबार विहान एक कार्यक्रमका बीच राहत सामाग्री लिएर जानेलाई मकालु चोकबाट बिदाई गरिएको अधयक्ष चौगाईले बताए ।
आफुहरुले पठाएको राहत स्थानिय प्रसाशनको रोहबरमा प्रभावितको हातमा पुर्याइने पनि चौगाइले बताए ।


आफ्नो प्रतिक्रिया दिनुहोस




