
विश्व जनसंख्या दिवसको अवसरमा सुरजी देबी माध्यमिक विद्यालय वीरगञ्जमा बृक्षा रोपण कार्यक्रम सम्पन्न भएको छ ।
विद्यालयको व्यवस्थापन समिति अध्यक्ष अजय गुप्ताको अध्यक्षतामा आयोजित वृक्षा रोपण कार्यक्रममा उक्त विद्यालयको व्यवस्थापन समितिका पूर्व अध्यक्ष एवं नेकपा पर्साका नेता शम्भु गुप्ता ले वृक्षा रोपण गरी उदघाटन गर्नु भएको थियो ।
वृक्षा रोपण कार्यक्रममा वीरगन्ज महानगरपालिका वडा नं १२ का वार्ड अध्यक्ष रामदरस कुशवाहा , विद्यालयका प्रधानाध्यापक नवीन मिश्रा लगायतको उपस्थिति रहेको थियो ।
उक्त वृक्षा रोपण कार्यक्रममा विद्यालय प्राङ्गण मै उन्नत जातको बिरुवा र फूलहरू को बोट रोपिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अजय गुप्ताले बताउनु भयो ।
आफ्नो प्रतिक्रिया दिनुहोस




