
काठमाडौ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को अन्तिम वार्षिक परीक्षा लिने तयारी गरेको छ ।
मंगलबार बोर्डको अध्यक्ष चन्द्रमणी पौडेलको अध्यक्षतामा बसेको बैठकले साउन ३१ गते बिहीबारदेखि परीक्षा सञ्चालन गर्ने निर्णय गरेको छ ।
भदौ ९ गतेसम्म सञ्चालन हुने परीक्षामा परीक्षार्थीहरुले होम सेन्टर (आफ्नै विद्यालय)बाट परीक्षा दिन पाउने छन् । भौतिक दूरी कायम राख्दै स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर परीक्षा लिने व्यवस्था मिलाउन समेत बोर्डले निर्देशन दिएको छ ।
परीक्षा बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माका अनुसार ३१ गते बिहान ११ बजेबाट २ बजेसम्म परीक्षा हुनेछ । देशभरका ३ लाख ७७ हजार विद्यार्थीहरू परीक्षामा सहभागी हुनेछन् ।
आफ्नो प्रतिक्रिया दिनुहोस