
पाल्पा । पाल्पा प्रहरी चितुवाको छाला सहित २ जनालाई पक्राउ गरेको छ । प्रदेश प्रहरी अनुसन्धान ब्यूरो र हार्थोक प्रहरीको समन्वयमा चितुवाको छाला सहित पाल्पा रिव्दीकोटका २ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
रिब्दीकोट ५ देउराली कुशुमखोलामा चितुवाको छाला कारोवार सम्बन्धि विशेष सुराकीको आधारमा उनीहरुलाई पक्राउ गरिएको पाल्पा प्रहरी प्रवक्ता रामेश्वर त्वातीले बताए ।
पाल्पा मुझुङ्गबाट तानसेनतर्फ आउँदै गरेको लु ३७ प ४४४ नम्बरको मोटरसाइकलमा सवारी उनीहरु रिब्दीकोट ७ का ४२ वर्षका विष्णु बहादुर खत्री र सोही स्थानका जमिल मियाँ रहेको प्रहरीले जनाएको छ ।घटनाको विषयमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस




