एकल पीडित महिलालाई रु. ५० हजार सहयोग प्रदान

एकल पीडित महिलालाई रु. ५० हजार सहयोग प्रदान

जिल्ला पर्सा, वीरगञ्ज महानगरपालिका वडा नं. १० स्थित मारवाडी धर्मशालाको तेस्रो तल्लाको कोठा नं. १०४ मा कोठा भाडामा बस्दै आएकी पर्सागढी नगरपालिका वडा नं. ३ निवासी अन्दाजी २१ वर्षीया सुनिता स्याङ्बो (तामाङ) मृत अवस्थामा फेला परेकी थिइन्।

घटनापछि मृतक सुनिताको परिवारिक अवस्था बुझ्दा निजको घरमा एकल महिला आमा बाहेक अन्य कोही सदस्य नरहेको र आर्थिक अवस्था अत्यन्तै दयनीय रहेको पाइएपछि पीडित परिवारलाई सहयोग प्रदान गरिएको हो।

जिल्ला स्तरीय लैङ्गिक हिंसा संजाल समितिको कोषबाट मृतक सुनिताकी आमा कान्छीमाया स्याङ्बोलाई नगद रु. ५०,००५/- (पचास हजार पाँच रुपैयाँ मात्र) बराबरको चेक हस्तान्तरण गरिएको छ।

उक्त चेक यस कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक सुदिप राज पाठकज्यूले एक कार्यक्रमबीच एकल महिला कान्छीमाया स्याङ्बोलाई हस्तान्तरण गर्नुभएको हो।

पीडित परिवारलाई राहत पुग्ने उद्देश्यले उक्त सहयोग प्रदान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close