
अजित भुजेल
बिरगंज , भदौ ०७ गते सोमबार ।
बिगत ४ महिना देखि नेपाल प्रहरी द्धारा चलाइएको तपाईको मास्क खोइ अभियानलाई पुन देशमा दिनानुदिन बढदो कोभिड१९ को महामारीलाई मध्यनजर राखि यसबाट बच्न आम जनसमुदायमा जनचेतना दिने अभिप्रायले जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा द्धारा आज बिहान ०९:०० बजे घण्टाघरमा बीरगंज मनपाका उपमेयर शान्ति काएकी , पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरे , जिप्रका पर्साका प्रमुख प्रहरी उपरिक्षक बेल बहादुर पाण्डे,सशस्त्र प्रहरी बल पर्साका गणपति प्रहरी उपरिक्षक राजेन्द्र खडका, श्री चण्डी गण पर्साका निर्मित गणपति नैना बस्नेत, वडा प्रहरी कार्यालय श्रीपुर, बिर्ताका प्रमुखहरू,व्यवस्थित बिरगंजका संयोजक दिलिप राज कार्की,बिरगंज साइक्लिङ्ग क्लबका सन्जय अग्रवाल,रोट्रयाक क्लब बिरगंजका पदाधिकारी युवा अभियन्ता लगायत विभिन्न संचारकर्मीहरू,विभिन्न सानुदायिक संस्था,क्लवहरू समेतको समुस्थितमा जनचेतनामुक कार्यक्रम भएको थियो ।
उक्त कार्यक्रममा प्रमुख अतिथी तथा विशिष्ट अतिथिज्यूहरूबाट ट्राफिक प्रहरीहरूलाई तपाईको मास्क खोइ लेखिएको फित्ता लगाईदिनुका साथै कोभिडबाट जोगिन मास्क लगाउनुको औचित्य र अनिबार्यता सम्बन्धमा प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेज्यूबाट मनतव्य ब्यक्त गर्नुभयो । तत् पश्चात् बीरगंज घण्टाघर देखि माईस्थान सम्म जनचेतनामुलक प्लेकार्ड ब्यानर सहित प्रभातफेरी गरि मास्क बितरण गरिएको ।
माईस्थानमा पुगेपछि जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेज्यळे कोभिडबाट जोगिन मास्कको अनिबार्यता र आगामी दिनमा नलगाउनेलाई कारवाही समेत हुने जानकारी गराउदै कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो।




