
जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री मोहमद लालबाबु राउतले दुई जना मन्त्रीलाई हेरफेर गरेका छन् ।अर्थमन्त्री विजय यादवलाई कृषिको जिम्मेवारी दिइएको छ भने कृषिमन्त्री शैलेन्द्र प्रसाद साहलाई अर्थमन्त्रीको जिम्मेवारी दिएका छन् ।
उनीहरु दुवैजना जनता समाजवादी पार्टी (जसपा)का नेता हुन् । मन्त्रीहरुको जिम्मेवारी हेरफेरको कारण भने खुलाइएको छैन् ।
मुख्यमन्त्रीले आफ्नो हिसाबले जिम्मेवारी हेरफेर गरेको पार्टीको आन्तरिक मामिलाले बताए ।
आफ्नो प्रतिक्रिया दिनुहोस



