प्रदेश २ ले ल्यायो ३३ अर्ब ५६ करोड ९ लाखको बजेट

काठमाडौं- प्रदेश २ सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि ३३ अर्ब ५६ करोडको बजेट ल्याएको छ ।

सोमबार प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादवले आर्थिक वर्ष २०७७/०७८ का लागि कूल बजेट ३३ अर्ब ५६ करोड ९ लाख ८९ हजारको बजेट सदनमा प्रस्तुत गरेका हुन् ।

प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट चालुबजेटभन्दा ५ अर्ब कमको बजेट ल्याएको हो । चालु आर्थिक वर्षका लागि प्रदेश सकरारले ३८ अर्व ७२ करोड ५६ लाख ६१ हजारको थियो ।

आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारले ल्याएको कूल बजेट मध्ये चालू तर्फ ४५.९५ प्रतिशत अर्थात १५ अर्ब ४२ करोड २६ लाख ९८ हजार, पूजिगत तर्फ ५३.६७ १७ अर्ब ९७ करोड ८२ लाख ९१ हजार र वित्तीय व्यवस्थातर्फ ०.४८ प्रतिशत अर्थात १६ करोडको बजेट छुट्याइएको यादवले बताए ।

बजेटमा कृषि, कोरोना उपचार, लघु उद्यम लगायतलाई विशेष प्राथमिकतामा राखिएको उनले जानकारी दिए ।khabarhub

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close