राप्रपा पर्साको नगर अध्यक्षमा सर्बसहमतिले जलेश्वर सर्राफ

पवन साह

पर्सा १५ भदौ
राष्ट्रिय प्रजातन्त्र पार्टी, पर्सा नगर कार्यसमितिको सम्पन्न नगर अधिवेशनले सर्बसहमति ले जलेश्वर सर्राफको अध्यक्षतामा ४१ सदस्यीय नगर कार्यसमिति गठन गरेको छ । वीरगन्जको होटल सम्झनामा सम्पन्न नगर अधिवेशनले अध्यक्ष सर्राफ सहित ४१ सदस्यीय नगर कार्यसमिति गठन गरेको हो ।

नवगठित कार्यसमितिको उपाध्यक्षमा देव कुमार सर्राफ, सचिवमा राजेश गुप्ता तथा सदस्यहरुमा क्रमश, अजय पौडेल, रेणु श्रेष्ठ, अर्जुन सिंह ठकुरी, सकल पासवान लगायत रहेको नगर अध्यक्ष सर्राफले बताए ।

यसअघि अधिवेशनको उदघाट्न सत्रलाई सम्बोधन गर्र्दै पार्टीका केन्द्रिय सदस्य शम्भु चौरसियाले राप्रपा पार्टीले नै देशको हित गर्न सक्ने दावी गर्नुभयो । उहाले वर्तमान राजनितिक परिवेशले देशको विकास नभई विनाश तर्फ प्रमुख राजनितिक दल लागि परेको आरोप समेत लगाए ।

 

अहिले काँग्रेस, एमाले, माओवादी र मधेशवादी दलले मुलुकको हित भन्दा पनि आफनो सत्ता र भत्ताको लागि पार्टी फुटाउँ अभियानमै लागेका छन यसले मुलुकको विकास भन्दा पनि विनाश तर्फ उन्मुख भएको उनले बताए । मुलुकमा परिर्वतनको नाममा गणतन्त्र ल्याएपनि गणतन्त्रको यर्थाथ कर्म र मर्म राजनितिक दलले बुझन सकेको छैन, गणतन्त्रको नाममा देशलाई टुत्रा टुत्रा बनाएर आफनो विलासी जिवन प्रमुख राजनितिक दलका नेताहरुले विताई रहेको उनको आरोप छ ।

दलका पूर्व जिविस पर्साका सभापती समेत रहेको नेता चौरसियाले भने, देश र जनताको विकास र उन्नतीको लागि एकमात्र विकल्प राजा सहितको हिन्दु राष्ट्र नै रहेको हुनाले नक्कली गणतन्त्रवादीहरुको भ्रममा नपरी देश हितमा रहेको राप्रपालाई नै सहयोग गर्नै आग्रह छ ।

उदघाट्न समारोहमा पार्टीका जिल्ला सभापती अंगद ठाकुर, केन्द्रिय सदस्य नगिना यादव, जिल्ला उपाध्यक्ष अवधकिशोर साह, लगायतले सम्बोधन गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close