पकाहामा एमालेको पार्टी प्रवेश, स्थानिय सरकार कमिशन र भ्रष्टाचारमा लिप्त – नेता गुप्ता

पर्साको पकाहामैनपुर गाँउपालिका वडा नम्बर ३ मा नेकपा एमालेको पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । पकाहामैनपुर गाँउपालिका अध्यक्ष अकलेश साहको अध्यक्षता एवं केन्द्रिय सदस्य निर्मला देवकोटाको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा जितेन्द्र चौहानको नेतृत्वमा सय जना पार्टी प्रवेश गरेका छन ।

स्थानिय शंकर ठाकुर, राजकुमार राउत, सलिम मियाँ, राजु साह लगायतले  जसपा परित्याग गरी एमाले प्रवेश गरेको अध्यक्ष साहले बताउनुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै बिशिष्ट अतिथी एवं संबिधान सभा सदस्य राजकुमार गुप्ताले स्थानिय सरकार भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाउनुभयो । उहाँले स्थानियको सेवा सुबिधा भन्दा पनि कमिशन र भ्रष्टाचारमा स्थानिय जनप्रतिनिधिले बिशेष ध्यान दिएको बताउनुभयो ।

साढे चार बर्षमा पनि स्थानियतहले  गाँउको बिकाश गर्न नसक्नु दुखत भएको बताउदै आउने चुनावमा एमालेलाई जिताउन अनुरोध गर्नुभयो । उहाँले एमाले बिजयी नहुदाँ यस क्षेत्रले बिकाश गर्न नसकेको ठोकुवा समेत गर्नुभयो । समयमै तिलावे नदीमा पुल निर्माण नहुदाँ पर्सेली जनताहरुले दुख भोगीरहेको बताउदै आउने चुनावमा ठेकेदार,तस्कर भन्दा जनताको काम गर्ने एमालेका जनप्रतिनिधिलाई जिताउन अनुरोध गर्नुभयो ।

कार्यक्रममा प्रदेश कमिटी सदस्य तेजप्रकाश निषाद,जिल्ला अध्यक्ष प्रभु हजरा,सचिव मनोज गुप्ता, महानगर अध्यक्ष बिश्वमर शर्मा,जिल्ला कमिटी सदस्य संजिव मिश्र, बिकाश पाण्डे, युवा संघ पर्साका अध्यक्ष महम्द निजाम, खेलकुदका केन्द्रिय सचिव रामकिसोर सिंह पराग, युवा संघका केन्द्रिय सदस्य रवि गुप्ता, गाँउपालिका सचिव राजेश सहनी,युवा संघका गाँउपालिका अध्यक्ष मनिष यादव,सचिव दिनेश साह कानु, पोखरीया युवा संघका सचिव मनिर आलम,स्काउटका अध्यक्ष भगवानलाल पटेल लगायतको सहभागिता रहेको थियो । suryadainik

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close