पेस्तोल र गोलि (हतियार ) सहित दुई जना पक्राउ ।

मोरङ,भदौ १६ गते बुधबार ।

मोरङ कानेपोखरी-६ स्थित शिवालय चोकका ३० बर्षीय रुद्र बहादुर क्षेत्री हतियार सहित पक्राउ परेका छन । क्षेत्रीको घरमा हतियार लुकाई राखेको छ भन्ने बिशेष सुराकका आधारमा मंगलवार राती ११:१५ बजे खटिएको प्रहरी टोलीले उनको घरमा खानतलासी गर्ने क्रममा १ थान पेस्तोल र ४ राउण्ड गोली फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

त्यसैगरि पक्राउ परेका क्षेत्री उपर थप अनुसन्धान गर्ने क्रममा अर्का सोही स्थानका ४० बर्षीय पूर्ण बहादुर बोहरा समेतलाई पक्राउ गरी उनिहरु उपर ईलाका प्रहरी कार्यालय पथरीबाट हातहतियार मुद्धामा कानुनी कारबाही अगाडी बढाईएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close