१ केजि ८५० ग्राम यार्सागुम्बा सहित ४ जना पक्राउ ।

काठमाडौं , भदौ १८ गते शुक्रबार ।

अवैध रुपमा यार्सागुम्बाको कारोबार भईरहेको छ भन्ने गोप्य सूचनाका आधारमा खोजी गर्दै जादा बिहीबार महानगरीय अपराध महाशाखाको विशेष प्रहरी टोलीले का.जि.का.म.न.पा.सामाखुशी स्थित घरमा डेरा गरि बस्ने डुण्डुप गुरुङले बिक्री वितरण गर्ने उद्देश्यले लुकाई छिपाई राखेको अवस्थामा कोठा खानतलासी गर्दा १ के.जि. ८५० ग्राम यार्सागुम्बा सहित ४ जनालाई पक्राउ गरी आबश्यक कारवाहीको लागि आजै वन डिभिजन कार्यालय काठमाण्डौ पठाईएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

पक्राउ पर्नेमा जिल्ला गोरखा चुमनुब्री गा.पा. वडा न.३ हाल काठमाडौं जिल्ला मित्रनगर बस्ने बर्ष ४८ को डुन्डुप गुरुङ , जिल्ला लमजुङ मस्र्याङ्दी गा. पा. वडा न. ६ बाहुनडाडा हाल काठमाडौं जिल्ला नयाबसपार्क बस्ने बर्ष ५० को बेल बहादुर थापा , जिल्ला लमजुङ बेशीसहर न. पा. ११ चिती हाल काठमाडौं जिल्ला बानियाटार बस्ने बर्ष ४० को कृष्ण परियार र जिल्ला प्युठान खलंगा न. पा. ११ गजुरी हाल काठमाडौं जिल्ला तारकेश्वर बस्ने बर्ष ४७ को दान बहादुर जि. सि. रहेका छन ।यार्सागुम्बाको मुल्य रु. ८ लाख रहेको प्रहरीले जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close