ढङ्गही नदीको अतिक्रमण जग्गा नाप नक्सा गरी छुट्याइने गापा अध्यक्ष कानु।

पर्साको विन्दवासीनी गाउँपालिका वडा नम्बर २ मा पर्ने ढङ्गही नदी अतिक्रमणको चपेटमा परेको छ । अतिक्रमणका कारण वहुअर्वा भाठा देखि पश्चिम हुलाकी सडक खण्डमा पर्ने ढङ्गही नदीको मुहान नै परिवर्तन भएको छ ।

नदी छेउमा रहेको जग्गाधनीले साबिक नदीको मुहान परिवर्तन गरी फेरि ३ महिना पछि साविकको नदी पूर्न लाग्दा गाउँपालिकाले जिल्ला प्रशासन कार्यालय पर्सा मार्फत ईलाका प्रहरी कार्यालय पोखरीयाको सहयोगमा ३ वटा डोजर नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय पोखरीयामा राखी कारवाही प्रक्रिया अगाडि बढाईएको गाउँपालिका अध्यक्ष श्रीलाल साह कानुले बताए । गाउँपालिका अध्यक्ष कानुका अनुसार हिजो जग्गाकारोबारी र गाउँपालिका बीच भएको सहमतिको आधारमा आज नाप नक्सा गरी साविक नदीको जग्गा छुट्याईने बताएँ ।

गाउँपालिका भित्र रहेको सार्वजनिक जग्गामा अतिक्रमण नगर्न र गरेको खण्डमा कानुनी कारवाही गरी जग्गा खाली गराउने गाउँपालिका उपाध्यक्ष एवं न्यायिक समिति संयोजक किरण देवी गुप्ताले बताइन् । पहिला करिब २ किलोमिटर उत्तर–पश्चिम हुँदै दक्षिणतर्फ बग्ने नदी बहाव क्षेत्र धकेलिएपछि अहिले ५० मिटर मात्र पश्चिम बगेर दक्षिणतर्फ मोडिएको छ ।

हुलाकी सडक निर्माणपछि उक्त क्षेत्रमा जग्गाको भाउ आकासिएको छ । उक्त जग्गा र हुलाकी सडकको बीचमा विगतमा नदी बग्ने गरेको थियो । अहिले नदी उत्तरतर्फ बग्ने ठाउँमा माटो पुरिएको छ । उक्त स्थानबाट करिब ५० मिटर पश्चिमसम्म नदीको बहावका लागि डोजर खनेर नयाँ धार बनाइएको छ ।

स्थानीयका अनुसार जग्गा कारोबारीले पहिलोपटक २०७७ साउन २५ मा डोजरले माटो काटी नदीको उत्तरतर्फको बहाव बन्द गरेका थिए । उक्त कार्यको गाउँपालिकाले जानकारी पाएं पछि गाउँपालिका अध्यक्ष कानुले गत भदौ पहिलो साता आफ्नै अगुवाइमा डोजर लगेर पुरानो बहावमा लगाइएको माटोको बाँध काट्न लगाएका थिए ।

त्यसपछि नदी फेरि पुरानै धारमा फर्किएको थियो । जग्गाकारोबारीहरुले शनिबार बिदाको मौका छोपी ढङ्गही नदीको मुहान तीन वटा डोजर लगाएर पूर्न लगाएका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close