
अर्घाखाँची , असोज ०८ गते शुक्रबार ।
नेपाली कांग्रेसका केन्द्रीय आमन्त्रित सदस्य बालकृष्ण पाण्डेकाे पहलमा जिल्ला समन्वय समिति अर्घाखाँची लाई २५ लाख बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नु भएको छ ।
प्रवासी नेपालीहरुकाे सहयोगमा ६ थान कन्सल्ट्रेटर मेसिन, १० वटा अक्सिजन सिलिन्डर , २४ थान थर्माेमिटर , ५५० थान पिपिई सेट, र सर्जिकल माक्स ७ हजार थान र ७५ लिटर स्यानीटाजर कांग्रेस नेता पाण्डेले जिल्ला समन्वय समिति प्रमुख पिताम्वर शर्मालाई एक कार्यक्रमको बीच हस्तान्तरण गर्नु भएको हाे ।
आफ्नो प्रतिक्रिया दिनुहोस




