नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले पार्टीको १४ औं महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी दिने बताए

नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले पार्टीको १४ औं महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी दिने बताएका छन्।

नेपाल लोकतान्त्रिक फोरमलाई नेपाली कांग्रेससँग मिलाएपछि गच्छदारलाई कांग्रेसले उपसभापतिमा मनोनित गरेको थियो।

कांग्रेसले मंसिरमा महाधिवेशन गर्दैछ। उक्त महाधिवेशनमा आफू उपसभापति पदमा लड्ने गच्छदारले बताए।

बुधबार विराटनगरमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले उपसभापति पदमा उम्मेदवारी दिने बताएका हुन्।

कांग्रेसलाई संस्थागत गर्न आफूले उम्मेदवारी दिने उनको भनाइ थियो।

गच्छदार सभापति शेरबहादुर देउवानिकट छन्।

सभापतिमा फेरि देउवा उठ्ने बताएका छन्। देउवाकै टिमबाट गच्छदार उपसभापति उठ्ने तयारीमा छन्। कांग्रेसमा दुई उपसभापति पद निर्वाचित हुने विधानको व्यवस्था छ।

गच्छदारले देशलाई अनुभव भएका नेताको जरूरी रहेको पनि बताएका थिए। setopati

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close