छठ महापर्व को शुभअवसरमा पुर्व सान्सद अनिल रुङ्ग्टा द्वारा साडी बितरण ।

लालबाबु सिंह २३ कार्तिक बिरगंज । छठ महापर्व को शुभ अवसरमा नेपाली काङ्ग्रेस का नेता पुर्व सान्सद अनिल रुङ्ग्टा द्वारा साडी बितरण गरिएको छ । बिमपा वडा २ छपकैया मा छठ पर्व गर्ने ब्रतालु हरुलाइ साडी बितरण गरिएको छ । नेपाली काङ्ग्रेस पर्सा का कोषाध्यक्ष इमतियाज आल्म को अध्यक्षता एवम नेपाली काङ्ग्रेस पर्सा क्षेत्र १ का पुर्व सान्सद एवम उम्मेदवार अनिल रुङ्गटा को प्रमुख आतिथ्य मा भएको सो साडी बितरण कार्यक्रम मा सो वडाका बिपन्न , एकल महिला , आर्थिक अवश्था कमजोर भएका छठ बर्तिहरुलाइ साडि बितरण गरिएको छ ।

सो अवसरम प्रमुख अतिथी पुर्व सान्सद रुङ्गटाले छठ पर्व आस्था को महान परम्परा भएकोले यो पर्व मधेश को मात्र नभै देश कै र हाल केही बर्ष देखि बिश्व कै पर्व को रुपमा प्रख्यात हुँदै गएकोले यो पर्वलाइ महापर्व पनि भनिएको हो र यस पर्वले हामिलाइ समानता र एकता को सन्देश दियेकोले हामी सबै यसको महानता लाई मनन गर्दै यस्को सन्देश लाई ब्यवहारमा कार्यान्वयन गर्नु पर्दछ भनी सम्पुर्ण ब्रतालु र श्रद्धालु लाई बधाई तथा मङ्गलमय शुभकामना व्यक्त गर्नु भएको थियो ।

साडि बितरण कार्यक्रमका अध्यक्ष आलमले यो पर्वले समानता को सुन्दर सन्देश दियेकोले नै यसको ब्यापकता बढदै गै रहेकोले हामी सबै मिलिजुली यो पर्व मनाउदै आपसी भाइचारा लाई मजबुत पार्नु आजको आवश्यक्ता रहेको भन्दै सम्पुर्ण लाई बधाई तथा शुभकामना दिदै धन्यवाद पनि दियेका थिए । सो अवसरमा अतिथीहरु , नेका क्षेत्रीय प्रतिनिधि जौवाद मिया हुसेन , प्रेस युनियन पर्सा का संस्थापक अध्यक्ष एवम नेका मुस्लिम समन्वय बिभाग का केन्द्रिय सदस्य मन्जुर उल हक , नेका क्षेत्रीय प्रतिनिधि जौवाद मिया हुसेन ,प्रेस युनियन पर्सा का पुर्व अध्यक्ष पुरुषोतम सिंह भट्टराई , सामुदायिक प्रहरी छपकैया का अध्यक्ष ग्यासुदिन मिया ठकुराइ , युवा नेता हुकुम सिंह , बुथ सचिव सज्जाद हुसेन ,पिर महम्मद,जोगिन्दर साह सोनार, अजित भुजेल ,फिरोज आलम लगायत स्थानियहरु को सहभागिता रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close