शेखर कोइराला स्वतः कांग्रेसको केन्द्रीय सदस्य

काठमाडौं । नेपाली कांग्रेसको चौधौं महाधिवेशनमा सभापति पदमा शेरबहादुर देउवासँग पराजित भएका डा. शेखर कोइराला स्वतः केन्द्रीय सदस्य हुने भएका छन् । कांग्रेसको संशोधित विधानअनुसार सभापतिमा पराजित भई दोस्रो स्थान हासिल गरेको व्यक्ति स्वतः केन्द्रीय बन्नेछन् ।

कांग्रेसको विधानको धारा ६५ मा भनिएको छ–‘पार्टीको सबै तहको कार्यसमितिको सभापति पदको निर्वाचनमा निर्वाचित सभापतिपछि दोस्रो बढी मत प्राप्त गर्ने व्यक्ति सम्बन्धित कार्यसमितिको सदस्य हुनेछ।

सभापतिका लागि पहिलो चरणमा ५ जना उम्मेदवारले ५० प्रतिशत मत प्राप्त गर्न नसकेपछि दोस्रो चरणमा सभापतिमा देउवा निर्वाचित भएका थिए भने दोस्रो स्थानमा कोइराला रहेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close